A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.69514d4e222260.94699180): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.69514d4e222260.94699180,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

एएफसी कप : मिनेर्भा पञ्जावसँग खेल्न मनाङ भारत प्रस्थान
PahiloPost

Dec 28, 2025 | १३ पुष २०८२

एएफसी कप : मिनेर्भा पञ्जावसँग खेल्न मनाङ भारत प्रस्थान



पहिलोपोस्ट

एएफसी कप : मिनेर्भा पञ्जावसँग खेल्न मनाङ भारत प्रस्थान

काठमाडौँ : एएफसी कप २०१९ अन्तर्गत समूह चरणको तेस्रो खेल खेल्न नेपालको ए डिभिजन लिग च्याम्पियन टोली मनाङ मर्स्याङ्दी क्लब आज भारत प्रस्थान गरेको छ।

समूह इ अन्तर्गत मनाङले बुधवार भारतीय क्लब मिनेर्भा पञ्जावसँग खेल्दैछ। खेल पञ्जावको घरेलु मैदानमा हुँदैछ।

मनाङ र मिनेर्भाबीचको खेल बुधवार साँझ भुवनेश्वरस्थित कालिङगा मैदानमा हुनेछ।

यसअघिका दुवै खेलमा पराजित भएको मनाङको लागि यो खेल जित्नैपर्ने दबाब छ। उता मिनेर्भाले भने दुवै खेल बराबरी खेलेको थियो।

भारत जानुअघि मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले मिनेर्भा विरुद्ध जितकै लागि खेल्ने पहिलोपोस्टलाई बताए।

'हामीले ८-१० दिनको तयारी गरेका छौँ। हामी यस पटक मिनेर्भा विरुद्ध जितकै लागि खेल्छौँ।'

उनले दुई खेल हारेपनि प्रतियोगितामा अघिल्लो चरणको सम्भावना बाँकी नै रहेको बताए।

'हामीले ६ खेलमा २ खेल मात्र हारेका हौँ। अझै चार खेल बाँकी छ। त्यसैले मिनर्भा विरुद्धको खेल जसरी पनि जित्न पर्न अवस्थामा छ। दुवै क्लबको लागि यो खेल जित्नैपर्ने अवस्थामा छ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell