PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

एन्फाले वैशाख २२ गते ‘एन्फा डे' मनाउने, ११ विधामा अवार्ड प्रदान गर्ने



पहिलोपोस्ट

एन्फाले वैशाख २२ गते ‘एन्फा डे' मनाउने, ११ विधामा अवार्ड प्रदान गर्ने

काठमाडौँ :अखिल नेपाल फुटबल संघ एन्फाले यही वैशाख २२ गते एन्फा दिवस (एन्फा) डे मनाउने भएको छ।

एन्फाका प्रवक्ता किरण राईले सोमवार वित्तप्ती जारी गर्दै यस वर्षदेखि एन्फा डे मनाउन लागेको जानकारी दिएका छन्।

त्यस अवसरमा एन्फाले फुटबल खेलको विकासमा योगदान गर्ने व्यक्तित्वहरु मध्ये पुरानोलाई सम्मान र नयाँलाई प्रोत्साहनको रुपमा विभिन्न ११ विधामा अवार्ड प्रदान गर्ने भएको छ। जसमा उत्कृष्ट खेलाडी महिला पुरुष, उदयीमान खेलाडी, प्रशिक्षक, रेफ्री, क्लब र जिल्ला संघलाई पुरस्कार प्रदान गर्ने विज्ञप्तीमा उल्लेख छ। यस्तै लाइफटाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गरिनेछ।

 

अवार्डका विधाहरु

स्पेशियल कन्ट्रिबुसन प्लेअर अवार्ड पुरुष

स्पेशियल कन्ट्रिबुसन प्लेअर अवार्ड महिला

बेस्ट कोच अफ दि इअर

बेस्ट डिस्ट्रिक फुटबल एसोसिएसन अफ दि इअर

बेस्ट फुटबल क्लब अफ दि इअर

लाइफटाइम अचिभमेन्ट अवार्ड

बेस्ट प्रोफेसनल नेपाली प्लेअर इन इन्टरनेशनल एरेना

इमर्जिङ प्लेअर अवार्ड पुरुष

इमर्जिङ प्लेअर अवार्ड महिला

बेस्ट रेफ्री अफ दि इअर पुरुष

बेस्ट रेफ्री अफ दि इअर महिला



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell