PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

महिला भलिबल : उपाधिका लागि एपीएफ र आर्मी भिड्ने



पहिलोपोस्ट

महिला भलिबल : उपाधिका लागि एपीएफ र आर्मी भिड्ने

काठमाडौं : पाँचौ केएनपी राष्ट्रिय महिला भलिबलको उपाधिका लागि दुई विभागीय टोली शसस्त्र प्रही बलको एपीएफ र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन्।

ललितपुरमा भइरहेको प्रतियोगिताअन्तर्गत सोमबार सेमिफाइनल जित्दै दुई टोलीे फाइनल भेट पक्का गरेका हुन्।

यसअघि समूह चरणमा पनि यी दुई टोलीबीच खेल भएको थियो। प्रतिस्पर्धात्मक खेल एपीएफले ३-२ को सेटमा जितेको थियो।

ललितपुरको लगनखेलस्थित आर्मी कर्भडहलमा सोमबार भएको पहिलो सेमिफाइनलमा एपीएफले चिरपरिचित प्रतिद्वन्दी न्यू डायमण्डलाई ३-० को सेटमा हरायो।

एपीएफले न्यू डायमन्डलाई २५–१६, २५–२०, २५–१६ को सेटमा हरायो।

यस्तै विभागीय डर्बी सेमिफाइनलमा आर्मीले पुलिसलाई ३-१ कै सेटमा पराजित गर्‍यो।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट पुलिसले २५-२१ ले जित्दै खेलमा अग्रता बनाएको थियो। तर त्यसपछि आर्मीले पुनरागमन गर्दै लगातार तीन सेट जित्यो। आर्मीले त्यसपछिका सेट २५-१८, २८-२६, २५-१३ ले जित्यो।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल मंगलवार हुनेछ। च्याम्पियनले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार पुरस्कार पाउनेछन्।

यस्तै सर्वोकृष्ट खेलाडी र शेरबहादुर खड्का स्पेसल अवार्ड विजेताले समान १५ हजार पाउनेछन् । विधागततर्फ उत्कृष्ट ७ जनाले ५-५ हजार हात पार्नेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell