PahiloPost

Jan 31, 2026 | १८ माघ २०८२

कैलालीमा जिपको ठक्करबाट साइकल यात्रीको मृत्यु, तीन जना घाइते



एम बम

कैलालीमा जिपको ठक्करबाट साइकल यात्रीको मृत्यु, तीन जना घाइते

कैलाली: कैलालीमा जिपको ठक्करबाट एकजना साईकल यात्रीको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ हरैयाचौकमा जिपले ठक्कर दिएर साइकलयात्रीको मृत्यु भएको हो।

पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको से १ च १६९० नम्बरको पिकअप जिपले विपरीत दिशाबाट आइरहेको से ६ प ८०५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। लगत्तै जिपले फेरी साइकललाई ठक्कर दिएपछि साइकलमा सवार गोदावरी नगरपालिकाकै स्थानीय २० वर्षीय  दीपेन्द्र चोखालेको मृत्यु भएको कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए।

दुर्घटनामा परी साइकलको पछाडि सवार ९ वर्षीय अविनाश चौधरी, जिप चालक र मोटरसाइकल चालक घाइते भएका छन्। दुर्घटनापछि स्थानीयले केहीवेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए। अहिले भने राजमार्ग सुचारु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell