PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

विजय लामालाई किन निगमको प्रवक्ताबाट हटाइयो?



वसन्तराज उप्रेती

विजय लामालाई किन निगमको प्रवक्ताबाट हटाइयो?
लामाको फेसबुकबाट।

काठमाडौं : नेपाल वायुसेवा निगमले वरिष्ठ क्याप्टेन विजय लामालाई निगमको प्रवक्ता पदबाट हटाएको छ। 

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले लामालाई दिएको पत्रमा 'तत्कालैदेखि लागू हुने गरी तपाईँले हाल सम्हाली आई रहनु भएको प्रवक्तावाट हटाइएको' उल्लेख छ।  

नेपाल नागरिक उड्डयन प्राधिकरण निगमका प्रवक्ता तथा पाइलट दुवै भई गर्दै आएको दोहोरो भूमिका कारण हवाई सुरक्षामा असर परेको उल्लेख गर्दै पत्र पठाएपछि उनलाई प्रवक्ताबाट हटाइएको हो। 

केही साताअघि लामाले सामाजिक सञ्जाल (युट्युबमा) आफू स्ट्रेस, अनिद्रामा काम गर्नुपरेको बताएका थिए। 

'उहाँ निकै पुरानो र वरिष्ठ क्याप्टेन हुनुहुन्छ। सयौँको संख्यामा रहेका यात्रुको जिम्मेवारी लिएर जहाज उडान गर्ने एउटा वरिष्ठ क्याप्टेनले आफू अनिद्रामा र तनावमा काम गर्नुपर्ने कुरा सार्वजनिक गरेपछि त हामीले उहाँसँग स्पष्टिकरण लिनै पर्‍यो,' प्राधिकरण स्रोतले भन्यो, 'उहाँले नियम विपरीत तनाव र अनिद्रामा रही काम गर्नुभएको सार्वजनिक गर्नुभएको छ। त्यसैकारण हामीले उहाँसँग स्पष्टीकरण मागेका थियौं र अहिले काम गर्न रोक लगाउने निर्णय गरेका हौं।'

'आइतबार लामाले क्याप्टेन युनिफर्म लगाएपछि अनिद्रा, तनाव, थकान सबै हराउने स्पष्टिकरणमा उल्लेख गरेका छन्। उहाँ निगमको वरिष्ठ क्याप्टेनसँगै प्रवक्ताको रुपमा कार्यरत हुनुहुन्छ। यसरी दुवै पद सम्हाल्दै आउनुभएको लामाले दुईमध्ये एउटै पदको जिम्मेवार पुरा गर्नु भए तनाव, थकान, अनिद्रा कम हुन्थ्यो कि,' स्रोतले भन्यो, 'अब उहाँलाई आइकाओ र क्यानको रेगुलेशन सिस्टमको तालिम दिएपछि मात्र उडान अनुमति दिइनेछ।' 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell