PahiloPost

Mar 30, 2026 | १६ चैत्र २०८२

खोलामा गाडिएको अवस्थामा एम १६ राइफल भेटियो



पहिलोपोस्ट

खोलामा गाडिएको अवस्थामा एम १६ राइफल भेटियो

विराटनगरः प्रहरीले खोलामा गाडिएको अवस्थामा हतियार फेला पारेको छ।

इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको टोलीले आइतबार राति एम १६ राइफल फेला पारेको हो।

मिक्लाजुङ गाउँपालिका ६ स्थित रहेको बक्राहा नुनसरी खोलामा गाडिएको खिया लागेको राइफल फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी धनश्याम श्रेष्ठले जानकारी दिए।

प्रहरीले खिया परेको म्याग्जिन १ थान र गोली ६ राउण्ड फेला परेको छ। फेला परेको हतियार सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell