PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

चन्द्रागिरी गोल्डकप : एपीएफ सेमिफाइनलमा



पहिलोपोस्ट

चन्द्रागिरी गोल्डकप : एपीएफ सेमिफाइनलमा

काठमाडौं : विभागीय टोली नेपाल एपीएफ क्लब दोस्रो संस्करणको चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार भएको खेलमा फ्रेन्डस् क्लबलाई पराजित गर्दै एपीएफले अन्तिम चारमा स्थान बनाएको हो।

चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा भएको खेलमा एपीएफले अतिरिक्त समयमा २–१ ले जितेको हो।

एपीएफको जितमा प्रविन स्याङ्तान र आशिष लामाले गोल गरे। फ्रेन्डसका लागि बिकास लामाले एक गोल गरे।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवाती अग्रता एपीएफले लिएको थियो।

३०औं मिनेटमा प्रविन स्याङ्तानले पेनाल्टी एरियाभन्दा ठीक बाहिरबाट गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए। तर एपीएको अग्रता लामो सयम टिकेन। तीन मिनेटपछि नै बिकास लामाले फ्रेन्ड्स क्लबका लागि बराबरी गोल फर्काए।

त्यसपछि दुवै टोलीले गोल गर्ने मौका पाएपनि गोल थप्न नसक्दा निर्धारित समय १-१ को बराबरीमा सकिएको थियो।

त्यसपछि अतिरिक्त समयको दोस्रो हाफको अन्त्यमा आशिष लामाले गोल गर्दै एपीएफलाई २–१ को जित दिलाए।

प्राविधिक कारणले खेल ४०–४० मिनेट र अतिरिक्त समय १०–१० मिनेट खेलाएको थियो।

एपीएफका आशिष लामा खेलको म्यान अफ दि म्याच भए। उनले ५ हजार रुपैया प्राप्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell