PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

एनबीएल : आर्मीले पुलिसलाई हरायो, टाइम्सको लगातार दोस्रो जित



पहिलोपोस्ट

एनबीएल : आर्मीले पुलिसलाई हरायो, टाइम्सको लगातार दोस्रो जित

काठमाडौँ : क्वीक्स नेपाल बास्केटबल एनबीएलमा विभागीय टोली त्रिभुवन आर्मी र टाइम्स इन्टरनेशनल क्लबले लगातार दोस्रो जित हात पारेका छन्।

गत सिजनको उपविजेता आर्मीले सोमवार भएको पहिलो खेलमा विभागीय प्रतिद्वन्दी नेपाल पुलिसलाई ८९-८१ ले पराजित गर्‍यो।

पुलिसको घरेलु कोर्ट महाराजगन्जमा भएको खेलमा पुलिसले अन्तिम दुई क्वाटर आफ्नो पक्षमा पारेपनि खेल जित्न सकेन।

आर्मीले पहिलो क्वाटर ३०-२२ र दोस्रो क्वाटर २१-१९ ले जित्दै ५१-४१ को अग्रता बनाएको थियो। तेस्रो र चौथो क्वाटरमा पुलिसले पुनरागमन गर्दै समान २०-१९ को स्कोरमा जितेको थियो। तैपनि आर्मीले प्रतिस्पर्धात्मक खेल जित्दै लगातार दुई खेल जितेको हो।

आर्मीको जितमा २९ अंक स्कोर गरेका रोविन क्षेत्री म्यान अफ दि म्याच भए।

आर्मीले पहिलो खेलमा साविक विजेता गोल्डेनगेट इन्टरनेशनल कलेजलाई पराजित गरेको थियो। पुलिसको भने यो लगातार दोस्रो हार हो। पुलिस पहिलो खेलमा टाइम्स इन्टरनेशनल क्बलसँग पराजित भएको थियो।

उता टाइम्सले पनि लगातार दोस्रो जित हात पार्ने क्रममा साउथ साइडर्स बास्केटबल क्लबलाई ७८-४७ ले पराजित गर्‍यो। टाइम्सले पहिलो क्वाटर २२-११, दोस्रो क्वाटर १६-१४, तेस्रो क्वाटर १२-८ र चौथो क्वाटर २८-१४ ले आफ्नो पक्षमा पारेको थियो।

टाइम्स मबिन्द्र भण्डार म्यान अफ दि म्याच बने। उनले १५ अंक स्कोर गरे।

आर्मी र टाइम्सले लगातार दुई जितपछि समान ४ अंक जोडेका छन्। पुलिससँगै साउथ साइडर्सले पनि लगातार दुई खेल हारिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell