PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

बिहानैदेखि नेविसंघको प्रदर्शनः परीक्षामा असर परेपछि प्रहरी हस्तक्षेप, एक जना पक्राउ

बिहानैदेखि नेविसंघको प्रदर्शनः परीक्षामा असर परेपछि प्रहरी हस्तक्षेप, एक जना पक्राउ

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौंः पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विभिन्न क्याम्पसमा नियमविपरीत भर्ना गरिएको भन्दै कारबाहीको मागसहित आन्दोलन गरिरहेको नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले मंगलबार बिहान पनि प्रदर्शन गरेको छ।

मंगलबार बिहानै पुरानो बानेश्वरस्थित साउथ एसिएन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (साम) कलेजमा प्रदर्शन गरेका छन्।

प्रदर्शनका कारण कक्षा १२ को परीक्षालाई असर परेको भन्दै प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गरेको छ। प्रदर्शनमा उत्रिएका एक विद्यार्थीलाई प्रहरीले पक्राउ समेत गरेको छ।  

नेविसंघले सोमबार बेलुका पनि बानेश्वरमा प्रदर्शन गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell