
आइसीसी ओडिआई क्रिकेट विश्वकपको १२औँ संस्करण २०१९ मे ३० देखि इंग्ल्याण्ड र वेल्समा सुरु हुँदैछ। आजको ठिक महिनादिनपछि घरेलु टोली इंग्लयाण्डले ओभलमा दक्षिण अफ्रिका विरुद्ध खेलेपछि विश्वकप सुरु हुनेछ।
मे ३० देखि जुलाई १४ सम्म सञ्चालन हुने विश्वकपमा विश्वका उत्कृष्ट १० टिमले प्रतिस्पर्धा गर्नेछन्।
त्यसका लागि सहभागि टोलीले आफ्नो टोली घोषणा गरिसकेको छ। यद्यपी टोलीको अन्तिम नामावली मे २३ सम्म फेरबदल गर्न पाउनेछ। आइसीसीले अन्तिम नामावली घोषणा गर्ने मिति त्यही दिनसम्मलाई तोकेको छ।
त्यसपछि खेलाडी परिवर्तन गर्न परेका भने आइसीसीसँग अनुमति लिनुपर्नेछ।
यसपटक सहभागि १० टोलीबीच राउण्ड रोविन लगको आधारमा खेल हुनेछ। जसले गर्दा प्रत्येक टिमले एक बपसमा प्रतिस्पर्धा गर्न पाउनेछन् र ९ खेल खेल्ने अवसर पाउनेछन्। त्यसपछि अंकतालिकामा शीर्ष चार स्थानमा रहने टोलि समिफाइनल पुग्नेछ।
फाइनल खेल लर्ड्समा जुलाई १४ मा खेलाइनेछ।
यस्तो छ सहभागि देशको १५ सदस्यीय टोली:
अफगानिस्तान: गुल्बदीन नइब (कप्तान), मोहम्मद शेहजाद (विकेटकिपर), नुर अलि ज़द्रान, हज्रतुल्लाह जजाई, रहमत शाह, अस्घर अफगान, हाश्मतुल्लाह शहिदी, नजिब जद्रान, शमिउल्लाह सिनवारी, मोहम्मद नाबी, रसिद खान, दवलत जद्रान, अफताब आलम, हमिद हसन, मुजीब उर्-रहमान
अष्ट्रेलिया : आरोन फिन्च (कप्तान), उस्मान खवाजा, सन मार्स, स्टिम स्मिथ, डेविड वार्नर, ग्लेन म्याक्सेवल, मार्कुस स्टोइनिस, एकेक्स केरी, मिचल स्टार्क, प्याट कमिङ्स, झ्ये रिचर्डसन, जासोन बारोनडर्फ, नाथन कल्टर निल, नाथन लियोन, एडम जाम्पा
बंगलादेश:मोसरफ मोर्ताजा(कप्तान), तमिम इकवाल, लिटन दास (विकेटकिपर), सौम्य सरकार, मुस्फिकर रहिम (विकेटकिपर), महमुदुल्लाह, शकिब अल हशन, मोहमद मिथुन, सविर रहमान, मोसादेक होसेन, मोहमद सैफुद्दिन, मेहदी हसन, रुबेल हुसेन, मुस्ताफिजुर रहमान, अबु जायद
इंग्ल्याण्ड: इयान मोर्गान (कप्तान), मोईन अलि, जोन्नी बेयर्स्टोव, जोस बटलर, टम करन, जोए डेन्ली, लियाम प्लंकेट, आदिल रसिद, जोए रुट, ज्यासन रोए, बेन स्टोक, डेविड विली, क्रिस वक्स, मार्क वुड
(लागू औषध सेवनका कारण एलेक्स हल्सको नाम फिर्ता भएको छ)
भारत: विराट कोहली (कप्तान), रोहित शर्मा, शिखर धवन, लोकेश राहुल, केदार जाधव, महेन्द्र सिंह धोनी धोनी, दिनेश कार्तिक, विजय शंकर, हार्दिक पान्ड्या, रबिन्द्र जडेजा, कुलदिप यादव, युज्भेन्द्र चहल, भुवनेश्वर कुमार, मोहम्मद शामी र जसप्रित बुमराह
न्युजिल्यान्ड: केन विलियम्सन (कप्तान), टम ब्लुण्डेल, ट्रेन्ट बोल्ट, कोलिन डी ग्राण्डहोम, लकी फर्गुसन, मार्टिन गप्टील, म्याट हेनरी, टम लाथम, कोलिन मुनरो, जिम्मी निशम, हेनरी निकोलस, मिचेल स्यान्टनर, इश सोधि, टिम साउदी, रोस टेलर
पाकिस्ता: सर्फ्राज अहेमद (कप्तान), अबिद अली, बाबर अजाम, फहिम असरफ, फकर जमन, हरिस सोहेल, हसन अली, इमाद वासिम, इमाम उल हक, जुनैद खान, मोहम्मद हाफिज, मोहम्मद हासनेन, शदाब खान, शाहिन साह अफ्रिदी, सोएब मल्लिक
दक्षिण अफ्रिका: फाप डु प्लेसिसि (कप्तान), अइडेन मारक्राम, क्वेन्टन डे कक, हासिम अमला, रसी भान डेर डुसेन, डेविड मिलर, एन्डिल फेलुकवायो, जेपि डुमिनी, ड्वाइने प्रेटोरिओस, डेल स्टेन, कगिसो रबाडा, लुंगी एनगिदी, एनरिच नोर्तेज, इमरान ताहिर, ताब्रेज शाम्सी
श्रीलंका: दिमुथ करुणारत्ने (कप्तान), आविष्का फर्नान्डो, लाहिरु थिरिमाने, कुसल परेरा, कुशल मेन्डिस, एन्जेलो म्याथ्युज, धनन्जय डि शिल्भा, जेफ्फेरी भन्डेर्से, थिसरा परेरा, इसुरु उदना, लासिथ मालिंगा, सुरंगा लकमल, नुवान प्रदीप, जीवन मेन्डिस, मिलिण्डा सिरिवर्दाना
वेस्ट इन्डिज: ज्यासन होल्डर (कप्तान), क्रिस गेल, आन्द्रे रसेल, शेल्डन कट्रेल, शन्नन गब्रिअल, केमर रोच, निकोलस पुरन, एश्ले नर्स, फबियन एलेन, शिमरोन हेयतमार, साई होप, ओसाने थोमस, कार्लोस ब्रेइथवेट