PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

दीपकराज गिरीलाई कमेडी फिल्ममा आएको रेटिङमा समस्या



पहिलोपोस्ट

दीपकराज गिरीलाई कमेडी फिल्ममा आएको रेटिङमा समस्या

काठमाडौैं:  फिल्म 'छ माया छपक्कै'को ‌औपचारिक घोषणा भएको छ। आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मसको ब्यानरमा बन्ने फिल्ममा अभिनेता दीपकराज गिरी र अभिनेत्री केकी अधिकारी मुख्य कलाकारको रुपमा अनुबन्धित भएका छन्।

फिल्मलाई 'गोपी' निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्नेछन्। उनले 'घामपानी'बाट निर्देशनमा डेब्यू गरेका थिए। आमा सरस्वती मुभिजको तर्फबाट दीपकले उनलाई निर्देशनमा अनुबन्धित गरेका हुन्।

यसअघि यो ब्यानरबाट दर्शकले रुचाएको 'छक्का पञ्जा'को तेस्रो सिरिज '६ एकान ६' र 'वडा नम्बर ६' बनिसकेको छ। अधिकांश कलाकार दोहोरिए पनि 'छ माया छपक्कै' 'छक्का पञ्जा'को फ्रेन्चाइज नरहेको निर्देशक लामाले बताए। उनले भने 'यसमा फ्रेस कथा छ। सामाजिक कथामा आधारित छ फिल्म।'

फिल्म घोषणा कार्यक्रममा दीपकले कमेडी फिल्मलाई नेपालका समीक्षकले २ रेटिङ मात्र दिएको कुरामा असन्तुष्टी व्‍यक्त गरे। 'विदेशमा कमेडी फिल्मलाई समीक्षकले ५ रेटिङ दिइरहेको हुन्छ। हाम्रो नेपालमा भने २ भन्दा माथि दिँदैनन्। समस्या हामीमा होला सायद', उनले सुनाए।

रेटिङ बढाउन दीपेन्द्रलाई फिल्ममा लिएको प्रश्न गर्दा दीपकले आम्दानी बढाउन उनलाई निर्देशक चयन गरेको बताए। उनले भने 'मलाई २ बाट चार रेटिङ होइन, १९/२० करोडबाट २५/२६ करोड बनाउन खोजेको हो।'

फिल्म भने जेठबाट छायाँकनमा जानेछ। फिल्मलाई हरि हुमागाईंले खिच्नेछन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell