
काठमाडौैं: अभिनेत्री केकी अधिकारीलाई ज्योतिषले २०७६ मा बिहे गर्न सुझाव दिएका छन्। हालै, एक कार्यक्रममा निर्देशक दीपाश्री निरौलाले यो कुरा खुलाएकी हुन्।
विवाहबारे केकीको सामान्य धारणा दिइन्। उनले विवाह नै अन्तिम गन्तव्य नरहेको बताएकी हुन्।
उनले भनिन् 'भविष्य मेरो हातमा छैन। विवाह भयो भने जिन्दगीमा अर्को एउटा नयाँ विषय थप मात्र हुनेछ। विवाहलाई मैले कहिले पनि अन्तिम गन्तव्यको रुपमा लिइनँ। यात्रामा आउने एउटा कदम मात्र हो विवाह।'
पछिल्लो समय केकी मोडल आर्जन पाण्डेसँग प्रेम सम्बन्ध रहेको मिडियामा चर्चा छ।
कहिले होला त केकीको विवाह? त्यो त केकीलाई नै थाह होला। तर, उनी पर्दामा दीपकराज गिरीको जोडी बनेर 'छ माया छपक्कै'मा देखिँदैछिन्।
केकीले कार्यक्रममा आफूले निर्देशन गरेको फिल्म 'कोहलपुर एक्सप्रेस' कपी फिल्म रहेकोसमेत स्वीकारिन्।