PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने पक्राउ



पहिलोपोस्ट

ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने पक्राउ

काठमाडौः ड्युटीमा खटिएका प्रहरीलाई हातपात गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको टोलीले मंगलवार बिहान काठमाडौं बानेश्वर बस्ने २२ वर्षीय विवश श्रेष्ठसहित चार जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

काठमाडौं‌ महानगरपालिका-१४ स्थित कुमारी क्लब नजिक ड्युटीमा खटिएको प्रहरीलाई जाँच गर्ने क्रममा होहल्ला गरी अशान्ति फैलाउने क्रममा नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै हातपात गरेपछि पक्राउ गरेको प्रहरीको दाबी छ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell