PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

'कलंक'को असफलतामा निराश वरुण धवन



पहिलोपोस्ट

'कलंक'को असफलतामा निराश वरुण धवन

बक्स अफिसमा 'कलंक'को असफलता पीडादायी रहेको फिल्मका मुख्य अभिनेता वरुण धवनले बताए। फिल्ममा ‍जफरको भूमिकामा देखिएका वरुणले आफ्नो ३२ औं जन्मदिनमा फिल्मबारे बोलेका हुन्।

जन्मदिन मनाउन थाइल्याण्ड पुगेका वरुणले सार्वजनिक गरेको एक भिडियोमा उनले भने 'म केही निराश छु। किनकि मेरो पछिल्लो फिल्मले त्यत्ति राम्रो गरेन। मलाई थाह छैन यसलाई कसरी लिनुपर्छ। तर, अरुले मलाई यस विषयमा प्रतिक्रिया नदिन सुझाव दिएका छन्।'

'कलंक'मा वरुणको अभिनयलाई लिएर चर्चा पनि भयो। तर, प्रतिक्षित फिल्मले दर्शकदेखि समिक्षाबाट अपेक्षित प्रतिक्रिया बटुल्यो।

यसअघि फिल्मका अन्य कलाकारले पनि फिल्मको असफलतालाई लिएर बोलेका थिए। वरुणको पछिल्लो फिल्म 'सुईधागा'लाई दर्शकले रुचाएका थिए। अब, वरुण बुवा डेभिड धवनले निर्माण गर्ने 'कुली नम्बर वान'को रिमेकमा देखिनेछन्।

उनले करण जोहरको 'स्टूडेन्ट अफ दि इयर'बाट डेब्यू गरेका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell