PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

कीर्तिमानी धावक हरि रोकायाको कर्णाली स्पोर्ट्स क्लबलाई २ लाख ५० हजार सहयोग



पहिलोपोस्ट

कीर्तिमानी धावक हरि रोकायाको कर्णाली स्पोर्ट्स क्लबलाई २ लाख ५० हजार सहयोग

काठमाडौँ : हाइ अल्टिच्युडको कीर्तिमानी धावक हरि बहादुर रोकायाकाद्धारा सञ्चालित कर्णाली स्पोर्टस क्लबलाई रुट्स फेशन (लेबल्स स्टोर)ले नगद सहयोग गरेको छ।

मंगलवार काठमाडौँमा कार्यक्रम गर्दै रुट्स फेसनले रोकयाको नेतृत्वमा रहेको कर्णाली स्पोर्ट्सलाई नगद १ लाख रुपैयाँ प्रदान गरेको हो। रोकायालाई रुट्स फेसनका निर्देशक राजिव श्रेष्ठले चेक हस्तान्तरण गरे।

यस्तै कर्णाली स्पोर्ट्स क्लबले गर्न लागेको एथ्लेटिक्स प्रतियोगितालाई रुट्सले नगद १ लाख ५० हजार रुपैया सहयोग गर्ने भएको छ। यसको चेक पनि राजिव श्रेष्ठले हस्तानतरण गरे।

'गत वर्षपनि रुट्सले हामीलाई सहयोग गरेको थियो। त्यसले खेलाडीहरुलाई ठूलो सहयोग पुग्यो।' हरि रोकायाले भने। 'हामीले जुन सहयोग पाइरहेका छौँ त्यो महत्वपूर्ण छ। खेलाडीहरुले जुत्ता पाउनुभएको छ। यो खुशीको विषय हो। आगामी दिनमा पनि अझै सहयोगको निरन्तरता हो।'

उनले कर्णाली स्पोर्ट्स क्लबबाट उत्पादन भएका खेलाडीहरुले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पदकहरु जितिसकेको बताए।

 

शु एक्सचेन्जमा बाट प्राप्त जुत्ता कर्णाली क्लबलाई दिने

यस्तै रुट्सले यसपटक शु एक्सचेन्जबाट प्राप्त जुत्ताहरु कर्णाली स्पोर्ट्स क्लबलाई नै दिने जनाएको छ।

रुट्सले सन् २००९ देखि प्रत्येक दुई वर्षमा एक पटक शु एक्सचेन्ज अपर सञ्चालन गर्दै आएको छ। जहाँ पुराना एडिडास जुत्तासँग नयाँ एडिडास जुत्ता साट्न पाउनेछ।

एक्सचेन्ज अफर १ मे देखी ३१ मे सम्म चल्ने छ।

उक्त कार्यक्रममा उपभोक्ताले पुरानो जुत्ता ल्याएर छोडे वापत नयाँ जुत्ताको खरिदमा आकर्षक छुट पाउने छन्। ७ हजार ९ सय ९९ रुपैंया सम्म मुल्य पर्ने जुत्ता खरिदमा गर्न चाहे पुरानो जुत्ता ल्याउनेले २ हजार रुपैयाँ छुट पाउने छन्।

यसैगरि त्यो भन्दा माथि मुल्यको जुत्ता भने ३ हजार रुपैयाँ छुटको व्यवस्था रहेको छ। जुनसुकै ब्राण्डका पुरानो जुत्ता भएपनि लगाउन मिल्ने स्पोर्टस शुज एक्सचेन्जमा ल्याउन सकिने रुट्सले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell