PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

फेरि सर्‍यो 'वुमन्स टी-२० लिग'को मिति, अब जेठ अन्तिम साता हुने



पहिलोपोस्ट

फेरि सर्‍यो 'वुमन्स टी-२० लिग'को मिति, अब जेठ अन्तिम साता हुने

काठमाडौँ : एनसीएल स्पोर्ट्स प्रालिले आयोजना गर्न लागेको वुमन्स टी २० लिगको मिति पेरि सरेको छ।

यसअघि प्रतियोगिताको मिति सर्दै किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जेठ ६ देखि १३ गतेसम्म सञ्चालन हुने भएको थियो। तर आयोजक एनसिएलका अध्यक्ष जयराज रोएले मंगलवार विज्ञप्ती जारी गर्दै प्रतियोगिताको मिति परिवर्तन भएको जानकारी दिएका छन्।

पहिलो पटक प्रतियोगिताको मिति बैशाख ७ देखि १४ सम्मलाई तोकिएको थियो। त्यसबेला प्रतियोगिता इटहरीको बैजनाथपुर मैदानमा गर्ने भनिएपनि आयोजकले तोकिएको स्थान र मितिमा प्रतियोगिता गर्न नसकेपछि काठमाडौँ सार्दै नयाँ मिति तोकेको थियो। तर त्यो मितिमा पनि अब नहुने भएको हो।

'एनसिएल स्पोर्ट्स प्रालिले राखेपको समन्वयमा 'वुमन्स टी २० लिग क्रिकेट प्रतियोगिता' आगामी जेठ २४-३० मा काठमाडौ कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सञ्चालन गर्ने तय गरेको छ।' रोएले विज्ञप्ती लेखेका छन्।

राखेप द्वारा कीर्तिपुर मैदानमा नै आयोजना हुन लागेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितासँग मिति जुधेपछी राखेप ले नै वुमन् लिगको लागि नयाँ मिति तोकेको रोएले जनाएका छन्।

चार टिमको सहभागिता रहने वुमन्स टी २० लिगको लागि मार्की प्लेयरको घोषणा भइसकेको छ भने अक्सन समेत भइसकेको छ।

लिगमा चार प्रेन्चाइज्ड टोलीहरु भैरहवा क्विन्स, विराटनगर रोअरिङ लायन्स, काठमाडौं सुपर च्याम्पियन, धनगढी वन्डर वुमन छन्।

यस्तै अक्सनबाट हरेक टोलीले १३/१३ जना खेलाडी खरिद गरेसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell