PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

विद्यालय स्तरीय 'क्वीक्स कप' फुटबल हुने, सीजी ग्रुपसँग एन्फाको सम्झौता



पहिलोपोस्ट

विद्यालय स्तरीय 'क्वीक्स कप' फुटबल हुने, सीजी ग्रुपसँग एन्फाको सम्झौता

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने विद्यालय स्तरीय फुटबल प्रतियोगितालाई अब चौधरी ग्रुप (सीजी)ले प्रायोजन गरेको छ।

प्रतियोगिताको लागि एन्फा र सीजीबीच मंगलबार प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ।

आधारभुत तहदेखि नै फुटबलको विकास गर्ने उद्देश्यले ७७ वटै जिल्लामा विस्तार गर्ने योजनामा रहेको एन्फाले यस पटक ५२ जिल्लामा विद्यालय स्तरिय प्रतियोगिता गर्ने भएको हो।

एन्फाले प्रतियोगिता तीन तहमा गर्ने जनाएको छ। जसअनुसार सातवटै प्रदेशको ५२ जिल्लामा करिब १५ सय स्कुलहरुको सहभागितामा विद्यलयस्तरिय प्रतियोगिता सञ्चालन गर्ने र त्यसपछि प्रदेश स्तरिय प्रतियोगिता गरिनेछ।

सातवटै प्रदेशबाट छनोट भएका विद्यालयहरुबीच राष्ट्रिय अन्तर विद्यालय प्रतियोगिता गरिने एन्फाले जनाएको छ।

एन्फाका अनुसार प्रतियोगिता सञ्चालनको लागि १ करोड ५० लाख खर्च लाग्ने छ।

यसअघि कोकाकोला अन्तर विद्यालय कपको नामबाट प्रतियोगिता भइरहेको थियो। सीजीसँगको सम्झौतापछि अब प्रतियोगिता क्वीक्स कपको नामबाट संचालन हुनेछ।

छात्र र छात्रा दुवैको प्रतियोगिता हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell