PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

अग्रता जोगाउन नसक्दा नेपाल पराजित, अष्ट्रेलिया र म्यानमार अन्तिम चरणको लागि छनोट



पहिलोपोस्ट

अग्रता जोगाउन नसक्दा नेपाल पराजित, अष्ट्रेलिया र म्यानमार अन्तिम चरणको लागि छनोट

काठमाडौँ : म्यानमारमा भएको एएफसी यू-१९ महिला च्याम्पियनसिपको दोस्रो चरण छनोटमा नेपाल जितिविहन बनेको छ।

दोस्रो चरण छनोटको समूह बी मा रहेको नेपालले खेलेको तीनवटै खेलमा हार बेहोरेको हो।

मंगलवार भएको समूहको अन्तिम खेलमा नेपाल घरेलु टोली म्यानमारसँग २-१ ले पराजित भयो।

म्यानमारको मन्डलाथिरी रंगशालामा नेपालले पहिले अग्रता लिएपनि जोगाउन नसक्दा पराजित भयो। पहिलो हाफको ३९औँ मिनेटमा मनिषा राउतले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्।

तर दोस्रो हाफमा नेपालले अग्रता जोगाउन सकेन र दुई गोल खायो। म्यानमारको लागि सन थ थ र मे फु को ले एक-एक गोल गरे।

नेपालल पहिलो खेलमा अष्ट्रेलियासँग ११-१ को फराकिलो अन्तरले पराजित हुँदा दोस्रो खेलमा उज्बेकिस्तानसँग ४-० ले पराजित भएको थियो।

पहिलो चरणमा उत्कृष्ट हादै दोस्रो चरण पुगेपनि नेपालले एक पनि जित्न सकेन र २ गोल गर्दा १७ गोल बेहोर्‍यो।

यस समूहमा अष्ट्रेलिया लगातार तीन खेल जित्दै समूह विजेता भएर अन्तिम चरणमा छनोट भयो। यस्तै दुई खेल जित र एक खेलमा हारको नतिजा निकाले म्यानमार पनि समूह उपविजेता हुँदै अन्तिम चरणमा पुगेको छ।

मंगलवारै भएको अर्को खेलमा अष्ट्रेलियाले उज्बेकिस्तानलाई ४-१ ले पराजित गरेको थियो।

यस्तै समूह बी बाट दक्षिण कोरिया र भियतनाम अन्तिम चरणमा पुगेका छन्। अघिल्लो संस्करणका उत्कृष्ट तीन टोली जापान, उत्तर कोरिया र चीन तथा आयोजक थाइल्याण्डले यसअघि नै अन्तिम चरणको स्थान सुरक्षित गरिसकेका छन्।

अब ८ टोलीबीच आगामी अक्टोबर-नोभेम्बरमा अन्तिम चरणको प्रतियोगिता हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell