PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

चन्द्रागिरी गोल्डकप : आयोजकलाई हराउँदै सरस्वती सेमिफाइनलमा



पहिलोपोस्ट

चन्द्रागिरी गोल्डकप : आयोजकलाई हराउँदै सरस्वती सेमिफाइनलमा

काठमाडौं : आयोजक दीपशिखा युवा समूहलाई पराजित गर्दै ‘ए’ डिभिजनको सरस्वती युवा क्लब दोस्रो चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा मंगलबार भएको तेस्रो क्वाटरफाइनलमा सरस्वतीले आयोजकलाई २–० ले पराजित गरेको हो।

सरस्वतीको जितमा सुजिल बुढाथोकी र सन्जीव लामाले गोल गरे।

३६औं मिनेटमा सुजिल बुढाथोकीले गोल गर्दै सरस्वतीलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए।

७७औं मिनेटमा सन्जीव लामाले गोल गर्दै सरस्वतीलाई २–० को जित दिलाए।

दीपशिखा युवा समूहको आयोजनामा भएको प्रतियोगितामा बुधबार हुने अन्तिम क्वाटरफाइनलमा ‘ए’ डिभिजनको च्यासल युथ क्लब र वीरगन्ज युनाइटेड भिड्नेछन्।

प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell