PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

टुटलमाथि ३ करोड ३९ लाख कर निर्धारणः तिर्न असार १६ सम्मको समय, पठाओको निर्धारण हुँदै



पहिलोपोस्ट

टुटलमाथि ३ करोड ३९ लाख कर निर्धारणः तिर्न असार १६ सम्मको समय, पठाओको निर्धारण हुँदै

काठमाडौँःआन्तरिक राजस्व कार्यालय ललितपुरले पठाएको कर निर्धारणको पत्र राइड सेयरिङ सेवा प्रदायक कम्पनी टुटलले बुझेको छ। कर कार्यालयले केही दिनअघि कर निर्धारणसहित पठाएको पत्र टुटलले आइतबार बुझेको हो।

कर कार्यालयले ३ करोड ३९ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर र आयकर तिर्नुपर्ने ठहर गर्दै चार दिन अघि पत्र पठाएको थियो। कर कार्यालयको पत्र आइतबार टुटलले बुझेपछि अब उसले ढिलोमा असार १६ गतेभित्र कर बुझाउनुपर्छ।

कर कार्यालयका प्रमुख लालबहादुर खत्रीले करदाताले कर निर्धारण गरेको पत्र बुझेको जानकारी आएको बताए। 'हामीले कानुन अनुसार आफ्नो काम गरेर अन्तिम कर निर्धारण गरी पत्र पठाएका थियौँ, करदाताले पत्र बुझेको जानकारीमा आएको छ', उनले भने।

यसैगरी आन्तरिक राजस्व कार्यालयले अर्को राइड सेयरिङ सेवा प्रदायक पठाओमाथि करिब ३० लाख रुपैयाँ कर निर्धारणको तयारी गरेको छ। 'प्रारम्भिक जानकारी पठाइसकेका छौँ, अन्तिम पत्र केही दिनमा जान्छ', कार्यालयका एक कर अधिकृतले भने।

टुटलले सेवाग्राहीबाट मूल्य अभिवृद्धि कर असुली गरी सरकारलाई नबुझाएको विषय बाहिर आएपछि करले दुबै कम्पनीमाथि छानबिन थालेको थियो। पठाओमाथि मूल्य अभिवृद्धि कर र टुटलमाथि आयकर र मूल्य अभिवृद्धि कर दुबै निर्धारण भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell