PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

भ्रमण छोट्याएर स्वदेश फर्कँदै राष्ट्रपति



पहिलोपोस्ट

भ्रमण छोट्याएर स्वदेश फर्कँदै राष्ट्रपति
फाइल फोटो

काठमाडौँः चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कँदैछिन्। नियमित तालिका अनुसार बिहीबार फर्कने कार्यक्रम भए पनि एक दिनअघि नै स्वदेश फर्कन लागेकी हुन्।

स्वास्थ्यमा समस्या आएकाले राष्ट्रपति स्वदेश फर्कन लागेको बताइए पनि औपचारिक रुपमा कारण सार्वजनिक गरिएको छैन।

राष्ट्रपति भण्डारी राजकीय भ्रमणका क्रममा मंगलबार बेइजिङबाट राष्ट्रपति ल्हासा पुगेकी थिइन।

भ्रमणका अवसरमा राष्ट्रपतिको उपस्थितिमा विभिन्न सात सम्झौतामा हस्ताक्षर समेत भएका छन्। राष्ट्रपति बेल्ट एण्ड रोड इनिसिएटिभ्स बीआरआई फोरममा सहभागी भएकी थिइन्।

वैशाख ११ गते राष्ट्रपतिसहितको प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell