PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

आइपीएल : विराटको बैंगलोर एक खेल अघि नै बाहिरियो



पहिलोपोस्ट

आइपीएल : विराटको बैंगलोर एक खेल अघि नै बाहिरियो

विराट कोहलीको टिम रोएल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग आइपीएल २०१९ को लिग चरणाटै हिरिने पहिलो टोली बनेको छ।

मंगलवार राजस्थान विरुद्धको खेल वर्षाले प्रभावित भएपछि अंक बाँड्न बाध्य भएको बंगलोर एक खेल खेल्नुअघि नै प्लेअफको होडबाट बाहिरिएको छ।

१३ खेलबाट ९ अंक मात्र रहेको बैंगलोर अंकतालिकामा पूछारमा छ। उता समान खेलबाट ११ अंकसहित राजस्थान भने पाँचौ स्थानमा उक्लेको छ। राजस्थानले प्लअफ पुग्न आफ्नो बाँकी खेल जित्नैपर्नेछ भने अन्य खेलको नतिजा पनि आफ्नो पक्षमा आउनुपर्नेछ।

बैंगद्यवरमा मंगलवार राती भारी वर्षा भएपछि निकै ढिलो सुरु भएको खेल ५-५ ओभरमा घटाइएको थियो। वर्षाअघि नै राजस्थानले टस जितेर बलिङ रोजेको थियो।

छोट्याइएको खेलमा पहिले ब्याटिङ गरेको बैंगलोरले ५ ओभरमा ७ विकेट गुमाएर ६२ रन बनाएको थियो।

कप्तान कोहली र ए बी ८ भियलर्सले १.३ ओभरमै ३५ रनको साझेदार गर्दै शानदार सुरुवात दिलाएका थिए। तर त्सपछि राजस्थानका श्रेयाष गोपालले ह्याट्रिक विकेट लिए र खेल नै बदलियो। गोपालले कोहली, डे भिलयर्स र मार्कुस स्टोइनिसलाई लगातार आउट गर्दै यस सिजन ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने। यसअघि पञ्जावका साम कुरानले ह्याट्रिक विकेट लिएका थिए।

कोहलीले ७ बल खेल्दै १ चौका र ३ छक्काको मद्दतमा २५ रन बनाए। ड भिलियर्सले १० रन जोडे। राजस्थानका बलरले निरन्तर विकेट लिँदा बैंगलोरका अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

गोपालले १ ओभरमा १३ रन खर्चेर ३ तथा ओसाने थोमसले १ ओभरमा ६ रन खर्चेर २ विकेट लिए।

६३ रनको लक्ष्य पछयाउँदै राजस्थानले ब्याटिङ गरिरहेको बेला फेरि वर्षा भएपछि खेल नतिजाविहन भएको हो। राजस्थानले ३.२ ओभर खेल्दै १ विकेट गुमाएर ४१ रन बनाउदा वर्षा भएको हो। सन्जु सामसनले १३ बलमा २८ रन बनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell