PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

च्याम्पियन्स लिग : टोटनहमलाई उसैको मैदान अयाक्सले हरायो



पहिलोपोस्ट

च्याम्पियन्स लिग : टोटनहमलाई उसैको मैदान अयाक्सले हरायो

यस सिजन युरोपियन च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको नेदर्लयाण्ड्सको अयाक्लले सेमिफाइनल पहिलो लेगमा जित हात पारेको छ।

डच क्लब अयाक्सले लण्डन क्लब टोटनहम हट्सपरलाई उसैको मैदानमा १-० ले पराजित गरेको हो। पहिलो लेगमा अवे मैदानमा जित हात पारेको अयाक्सले दोस्रो लिग अघि यो जितले फाइदा पुगेको छ।

अयाक्सले यस सिजन युरोपकै महारथी क्बहरु रियल मड्रिड र युभेन्ट्सलाई पराजित गरिसकेको छ।

अयाक्सका लागि डोनी भान डे विकले १५औँ मिनेटमै गरेको गोल नै निर्णायक बनेको हो।

यस्तै अयाक्सका १९ वर्षीय डिफेण्डर माथिस डे लिट च्याम्पियन्स लिगमा कप्तानी गर्ने सबैभन्दा कान्छा कप्तान बनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell