PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

एएफसी कप : मिनेर्भा पञ्जावसँग खेल्दै मनाङ मर्स्याङ्दी



पहिलोपोस्ट

एएफसी कप : मिनेर्भा पञ्जावसँग खेल्दै मनाङ मर्स्याङ्दी

काठमाडौँ : नेपालको ए डिभिजन लिग च्याम्पियन क्लब मनाङ मर्स्याङ्दीले एएफसी कप २०१९ को समूह चरणको तेस्रो खेलमा आज भारतीय क्लब मिनेर्भा पञ्जावसँग खेल्दैछ।

समूह ई मा दुवै टोली पहिलो जितको खोजीमा छ। मनाङले यसअघि खेलेको दुवै खेलमा हार बेहोरेको थियो भने पञ्जावले बराबरी खेलेको थियो।

आजको खेल भुवनेश्वरस्थित कालिङगा मैदानमा स्थानिय समय अनुसार साँझ ६:३० बजे सुरु हुनेछ।

भारत जानुअघि मनाङका प्रशिक्षक छिरिङ लोप्पाङ गुरुङले मिनेर्भा विरुद्धको खेल जित्नैकै लागि खेल्ने बताएका थिए।

तर भुवनेश्वरको गर्मीका कारण मनाङलाई केही चिन्ता थपिएको छ।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले मंगलवार भएको प्रिम्याच कन्फ्रेन्समा गर्मीका कारण केही समस्या हुने तर दबाबमा भने नरहेको बताएका थिए।

'हामीले दुई खेल हारिसकेका छौँ तर दबाबमा छैनौँ। अघिल्लो दुई खेलको नतिजा हाम्रो पक्षमा आएको भए हामि दबाबमा हुने थियौँ।'

यस्तै कप्तान विराम महर्जन भारतीय फुटबलको बारेमा परिचित भएकोले फाइदा पुग्ने बताए। उनले फुटबल टिम गेम भएकोले सबैले राम्रो खेल्नेपर्ने बताए।

यस्तै मिनेर्भाका प्रशिक्षक सचिन बढाधे मनाङ विरुद्धको खेल जित्नुपर्ने बताएका छन्। हामीसँग २ अंक मात्र छ र हामीले अगाडि बढ्नको लागि यो खेल जित्नु आवश्यक छ।

उनले मौसमले आफ्नो टिमलाई साथ दिने बताए।

मनाङले होममा खेलेको पहिलो खेल अबहानि लिमिटेड ढाकासँग १-० ले गुमाएको थियो। यस्तै चेन्नायीनसँग दोस्रो खेलमा २-० ले पराजित भएको थियो।

उता पहिलो खेलमा चेन्नायीन एफसीसँग गोलरहित बराबरी खेलको मिनेर्भाले दोस्रो खेलमा अबहानी लिमिटेडसँग २-२ को बराबरी खेलेको थियो।

यस समूहमा मंगलवार भएको खेलमा चेन्नायीनले अबहानी ढाकालाई १-० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ। ३ खेलबाट ७ अंकसहित चेन्नायीन समूह इ को शीर्ष स्थानमा छ। यस्तै ३ खेलबाट ४ अंक रहेको अबहानी दोस्रो स्थानमा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell