PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

एनबीएल : आर्मीको लगातार तेस्रो जित



पहिलोपोस्ट

एनबीएल : आर्मीको लगातार तेस्रो जित

काठमाडौं : गत वर्षको उपविजेता त्रिभुवन आर्मी क्लबले क्विक्स नेपाल बास्केटबल लिग (एनबीएल)मा लगातार तेस्रो जित हात पारेको छ।
बुधवार घरेलु कोर्टमा भएको खेलमा आर्मीले कीर्तिपुर बास्केटबल क्लबलाई ७८-५८ ले पराजित गरेको हो।

भद्रकालीस्थित कोर्टमा भएको खेलमा आर्मीले कीर्तिपुरलाई पहिलो क्वाटरमा २२-१५ ले दोस्रो क्वाटरमा २४-१८ ले तेस्रो क्वाटरमा १९-१३ ले र चौथो क्वाटरमा  १३-१२ को अग्रता बनाउँदै पराजित गरेको हो।
 
आर्मीको जितमा रोविन खत्रीले सर्वाधिक २६ अंक स्कोर गरे। उनी  प्लेयर अफ दि म्याच घोषित भए।

लगातार तीन जितपछि ६ अंकसहित आर्मी अंकतालिकामा शीर्ष स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell