PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

ऋषि कपूर क्यान्सर फ्री



पहिलोपोस्ट

ऋषि कपूर क्यान्सर फ्री

गत वर्ष बलिउड कलाकार ऋषि कपूरले आफू उपचारका लागि अमेरिका जान लागेको बताएका थिए। उनले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदा धेरैले स्वास्थ्य लाभको कामना गरेका थिए। भलै उनको समस्या बारे कसैलाई थाहा थिएन। अमेरिका गएको केही पछि उनकी श्रीमती नीतु कपूरको ट्वीटले उनलाई क्यान्सर भएको संकेत दियो।

उनका दर्शकले स्वास्थ्यस्थिति बारे उचित जानकारी नपाइरहेको अवस्थामा कपूर परिवारले सकारात्मक संदेश प्रवाह गरेको छ। ऋषि कपूरका भाइ रणधिर कपूरले आफ्ना दाजु क्यान्सर मुक्त भएको जानकारी दिएका हुन्। उनले सामाजिक सञ्जालमा पारिवारिक फोटो सेयर गर्दै उक्त जानकारी दिएका हुन्।

उनले पोस्टमा ऋषि चाँडै इन्डिया फर्कने र परिवारसँग समय बिताउने समेत जनाएका छन्। यसअघि निर्देशक राहुल रवेलले पनि यो जानकारी गराएका थिए। उनको क्यान्सर स्टेज थ्रीमा पुगेर पत्ता लागेको थियो। तर, अझै पनि के क्यान्सर भएको भन्ने बारे स्पष्ट खबर सार्वजनिक भएको छैन।

उपचारका क्रममा बलिउडका विभिन्न कलाकारले ऋषिलाई भेटेका थिए। नीतु कपूरले ती कलाकारसँगको फोटोहरु पोस्ट गर्दै आएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell