PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

चाइनामा फिल्म ‘अन्धाधुन’को चौथो साता, यस्तो छ बक्सअफिस रिपोर्ट



पहिलोपोस्ट

चाइनामा फिल्म ‘अन्धाधुन’को चौथो साता, यस्तो छ बक्सअफिस रिपोर्ट

सन् २०१८ मा सर्वाधिक चर्चित फिल्महरु मध्ये एक हो फिल्म ‘अन्धाधुन’। समीक्षात्मक एवं बक्सअफिसमा फिल्म उत्कृष्ट साबित भयो। भारतमा मात्र ११० करोडको व्यापार गरेको थियो।

हालै फिल्म चाइनामा सार्वजनिक भयो। आयुषमान खुराना स्टारर फिल्ममा उनीसँगै तब्बू र राधिका आप्तेको मुख्य अभिनय छ। फिल्मले चार साताको निरन्तर प्रदर्शनमा ३२५ करोड कलेक्सन गरेको बलिउड हंगामाले जनाएको छ।

फिल्मलाई श्रीराम राघवनले निर्देशन गरेका हुन्। फिल्मले एक आँखा नदेख्ने युवाको कथा भन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell