PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

यू १६ क्रिकेट : अजय दासको ६ विकेट र आइश भट्टराईको अर्धशतकमा प्रदेश ३ को विजयी सुरुवात



पहिलोपोस्ट

यू १६ क्रिकेट : अजय दासको ६ विकेट र आइश भट्टराईको अर्धशतकमा प्रदेश ३ को विजयी सुरुवात

काठमाडौँ : अजय दासले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि मनमोहन मेमोरियल अन्तर प्रदेश यू-१६ राष्ट्रिय क्रिकेटमा प्रदेश ३ ले विजयी सुरुवात गरेको छ।
बुधवार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा प्रदेश ३ ले गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो।


टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेश २७.५ ओभरमा ९९ रनमा अलआउट भएको थियो। गण्डकीका अभिषेक थापाले २२, अनित बरालले १७ र अर्जुन कुमालले १६ रन बनाए।


प्रदेश ३ का अजय दास एक्लैले ५.५ ओभर बलिङ गर्दा २४ रन खर्चेर ६ विकेट लिए।


१०० रनको लक्ष्य प्रदेश ३ ले १६.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। आइश भट्टराईले नटआउट ५९ रन बनाए। ५७ बल खेलेका उनले ६ चौका प्रहार गरे। यस्तै अभिषेक उपाध्यायले ३५ बल खेल्दै ४ चौकाको मद्दतमा नटआउट ३५ रन जोडे।


६ विकेट लिएका प्रदेश ३ का अजय देव म्यान अफ दि म्याच घोषित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell