PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

काठमाडौँमा हावाहुरी : बालाजुमा रुख भाँच्चिदा पजेरोमा क्षति



रासस

काठमाडौँमा हावाहुरी : बालाजुमा रुख भाँच्चिदा पजेरोमा क्षति

काठमाडौँ : काठमाडौँ उपत्यकामा बुधबार साँझ आएको भिषण हावाहुरीले केही बेर जनजीवनमा प्रभावित भयो। हावाहुरी र पानीका कारण यात्रा गरिरहेका यात्रुलाई निकै सास्ती बनाएको थियो। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद गङ्गा नगरकोटीका अनुसार प्रि मनसुनका कारण र स्थानीय र पश्चिमी वायुको कारणले मौसम सक्रिय भएको हो।

यो अवस्थामा हावाहुरी चल्ने र मेघगर्जनसहित पानी गर्ने गर्दछ। प्रि मनसुनका अवस्थामा हुने यो नियमित प्रक्रिया नै हो।

हावाहुरीका कारण बालाजुस्थित भाटभटेनी सुपरमार्केट नजिकै एक रुख भाच्चिदा बा ४ च १२३ नम्बरको पजेको गाडीमा सामान्य क्षति भएको महानगरी प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell