PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

आइपीएलः दिल्लीमाथि चेन्नाइको सानदार जीत, स्पिनरको उत्कृष्ट प्रदर्शन



पहिलोपोस्ट

आइपीएलः दिल्लीमाथि चेन्नाइको सानदार जीत, स्पिनरको उत्कृष्ट प्रदर्शन

महेन्द्रसिंह धोनी र सुरेश रैनाको उत्कृष्ट ब्याटिङ तथा स्पिनरहरूको उत्कृष्ट प्रदर्शनले इन्डियन प्रिमियर लिग (आइपीएल) मा चेन्नाइ सुपर किंग्सले दिल्ली क्यापिटल्समाथि सानदार जीत हासिल गरेको छ। गएरातिको खेलमा चेन्नाइले दिल्लीलाई ८० रनले पराजित ग¥यो। जीतसँगै १३ खेलबाट १८ अंकसहित चेन्नाइ शीर्ष स्थानमा पुगेको छ।

टस हारेर ब्याटिङ गरेको चेन्नाइले खराब सुरुवात गरेको थियो। ओपनर सेन वाट्सनलाई शून्यमा गुमाएको चेन्नाइको इनिङ्स मध्यक्रमका ब्याट्सम्यानले उकासेका थिए। जसका लागि रैना, कप्तान धोनी र रवीन्द्र जडेजाले आक्रमक ब्याटिङ गरे। रैनाले ५९ रन जोड्दा धोनीले नटआउट ४४ तथा जडेजाले १० बलमा २५ रन योगदान गरे।

१८० रनको लक्ष्य पछ्याएको दिल्लीको सुरुवात पनि कमजोर रह्यो। शिखर धवन र कप्तान श्रेयस अय्यर बाहेकका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन्। दिल्लीले ४७ रनका लागि ९ विकेट खर्च गर्‍यो। धवनले १९ र अय्यरले ४४ रन जोडे पनि जीतका लागि पर्याप्त भएन। १८० रन पछ्याएको दिल्ली ९९ रनमै अलआउट भयो।

दिल्लीको इनिङ्स धराशायी पार्ने क्रममा चेन्नाइका इमरान ताहिरले चार तथा जडेजाले ३ विकेट लिए।

लिग अन्तर्गत अब दुबै टोलीले एक/एक खेल खेल्न बाँकी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell