PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

युसिएलः बार्सिलोनाद्वारा लिभरपुल ३–० ले पराजित, मेसीको दुई गोल



पहिलोपोस्ट

युसिएलः बार्सिलोनाद्वारा लिभरपुल ३–० ले पराजित, मेसीको दुई गोल

लिओनल मेसीको दुई तथा लुइस सुआरेजको एक गोलको मद्दतले युरोपियन च्याम्पियन्स लिगको पहिलो लेगमा बार्सिलोनाले लिभरपुललाई ३–० ले पराजित गरेको छ। घरेलु मैदानमा बार्सिलोनाले फराकिलो जीत हात पारेको हो।

२६औँ मिनेटमा सुआरेजको गोलबाट अग्रता लिएको बार्सिलोनाका लागि दोस्रो हाफमा मेसीले दुई गोल थपेका थिए। मेसीले खेलको ७५ र ८२औँ मिनेटमा गोल थपे। मेसीले बार्सिलोनका लागि ६०० गोल समेत पूरा गरेका छन्। सन् २००५ मा मेसी बार्सिलोनामा आवद्ध भएका थिए।

अब दोस्रो लेग लिभरपुलको घरेलु मैदानमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell