PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

कम्युनिस्टहरूले केन्द्रदेखि वडासम्म निषेधको राजनीति गरे : कोइराला



पहिलोपोस्ट

कम्युनिस्टहरूले केन्द्रदेखि वडासम्म निषेधको राजनीति गरे : कोइराला

काठमाडौँः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कम्युनिस्टहरूले केन्द्रदेखि वडासम्म निषेधको राजनीति गरेको आरोप लगाएका छन्। निषेधको राजनीतिले कांग्रेससँग मुठभेड निम्त्याएको पनि कोइरालाको टिप्पणी गरे।

नेपाली कांग्रेस भुम्लु गाउँपालिकाद्वारा काभ्रेको सल्लेमा आयोजित सभालाई सम्बोधन गर्दै कोइरालाले केही वैचारिक मतभेद रहे पनि कम्युनिस्टविरुद्ध लड्न कांग्रेस एक ढिक्का रहेको पनि बताए।

कोइरालाले प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्न आफूहरू तयार भए पनि सरकार दम्भका साथ अघि बढेको बताए।

पार्टीको १४औँ महाधिवेशन समयमै हुनुपर्नेमा पनि उनले जोड दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell