.jpg)
काठमाडौैं: बालबालिकाको सौन्दर्य प्रतियोगिता 'किड्स क्यापिटल'को उपाधि आरजु श्रेष्ठले जितेकी छिन्।
टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्सले आयोजना गरेको प्रतियोगिताको जुनियरतर्फ अनमोल खड्का फस्ट रनर्स अप भए। त्यस्तै, स्पन्दन तामाङ र मइसा थापाले क्रमशः सेकेण्ड र थर्ड रनर्स अपको उपाधि जिते।
सिनियरतर्फ अर्पिया लामा फस्ट रनर्स अप भइन्। त्यस्तै पार्थ कोइरालाले सेकेण्ड रसर्न अप तथा अनुष्का खड्काले थर्ड रनर्स अपको उपाधि जिते।
काब्या अधिकारी र आरजु श्रेष्ठले 'मोस्ट ट्यालेन्टेड'को उपाधि जितेको प्रतियोगितामा कलश श्रेष्ठले 'भ्युअर्स च्वाइस अवार्ड', परिस्ना बास्तोलाले 'मोस्ट पपुलर' (एसएमएस)को उपाधि जितिन्।
प्रतियोगितामा अभिन्न सुवेदी 'मोस्ट पपुलर' (इन्टरनेट), अल्मा तामाङ 'मोस्ट डिसिप्लिन', सुरक्षा राई 'बेस्ट स्माइल' तथा परिष्ठा श्रेष्ठले 'बेस्ट परफमर'को उपाधि जिते।
प्रतियोगिताका अन्य उपाधिहरुतर्फ स्वप्निल घिमिरे र प्रकृति परियारले 'बेस्ट पर्सनालिटी'को उपाधि जिते। बिप्लव पौडेल र प्ररिष्ना बास्तोलाले 'बेस्ट डान्सर'को उपाधि जितेको प्रतियोगितामा अभिन्न र अनुष्काले 'बेस्ट एक्टर'को उपाधि प्राप्त गरे।
प्रतियोगितामा सरेन थापा र अर्पिया लामा 'बेस्ट सिंगर', अनमोल खड्का र सुरक्षा मगर 'फोटोजेनिक', पार्थ र कलश श्रेष्ठले 'कन्फिडेन्ट', अनमोल खड्का र सजबी बरालले 'क्याटवाक', पार्थ कोइराला र परिष्ठा श्रेष्ठले 'स्मार्ट किड', अभिन्न सुवेदीले 'लिटिल प्रिन्स' र सजबीले 'लिटिल प्रिन्सेस', यूग पौडेल र किन्जल शाहले 'क्युट कन्टेस्टेन्ट', मइसाले 'मोस्ट ब्यूटिफूल' तथा स्पन्दन तामाङले 'मोस्ट हेण्डसम'को उपाधि जिते।
प्रतियोगिताका निर्णायकमा फिल्म निर्देशक सुरज चन्द ठकुरी, कोरियोग्राफर प्रदिप खड्गी, कलाकार रोशन कुमार, मोडल ऋचा थापा, कोरियोग्राफर नरेशबीर सिंह थिए।