PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

विप्लव निकट अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्ष पक्राउ



पहिलोपोस्ट

विप्लव निकट अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्ष पक्राउ
प्रतीकात्मक फोटो

काठमाडौः सरकारले प्रतिबन्ध लगाएसँगै प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का कार्यकर्ताहरु धमाधम पक्राउ गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले अखिल नेपाल शिक्षक संगठनका वरिष्ठ उपाध्यक्षलाई पक्राउ गरेको छ।

बेलौरी नगरपालिका वडा नम्बर ८ कलकत्ता घर भएका विवेक प्रसाद लम्साललाई नियन्त्रणमा लिएको डिएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए। लम्सालले गाँउघरमा चन्दा असुल्ने उद्देश्यले  धम्की दिएको प्रहरीको दाबी छ। सरकारले प्रतिबन्ध लगाए सगै प्रहरीले ३ सय जनाभन्दा बढी नेता तथा कार्यकर्तालाई पक्राउ गरिसकेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell