PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

बर्ड फ्लुले लियो नेपालमै एक जनाको ज्यान*



सागर बुढाथोकी

बर्ड फ्लुले लियो नेपालमै एक जनाको ज्यान*
फोटो : डेली एक्सप्रेस

काठमाडौः बर्ड फ्लुबाट एकजना नेपालीको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा पहिलो पटक वर्ड फ्लुबाट मृत्यु भएको पुष्टि भएको हो।

गत चैत १५ गते बर्ड  फ्लुका कारण मृत्यु भएको हो। यसरी मृत्यु हुनेको पहिचान खुलाउने प्रचलन छैन। स्वास्थ्य सचिव डाक्टर पुष्पा चौधरीले बिहीवार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् पहिलो पटक नेपालीको मृत्यु भएको जानकारी दिइन्। उनका अनुसार २१ वर्षका युवक बर्ड फ्लुको सिकार भएका हुन्।

युवकको नमूना टेकुस्थित राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका लागि पठाइएको थियो। त्यहाँबाट जापानको एक ल्यावमा परीक्षण गर्दा पठाउँदा बर्ड फ्लुको पुष्टि भएको रिपोर्ट गत मंगलबार स्वास्थ्य मन्त्रालयलाई प्राप्त भएको थियो।

*(यसअघि वैशाख १५ गते मृत्यु भएको हुन गएकोमा सच्याइएको)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell