PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

'दाल भात तरकारी' भर्सेस 'एभेन्जर्स इन्ड गेम'



पहिलोपोस्ट

'दाल भात तरकारी' भर्सेस  'एभेन्जर्स इन्ड गेम'

काठमाडौैं: बुकिङ खल्ला गरिएसँगै फिल्म 'दाल भात तरकारी'ले मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्समा २० सो पाएको छ। रुसो ब्रदर्स निर्देशित मार्भलको 'एभेन्जर्स इन्ड गेम'ले मल्टिप्लेक्स लिड गरिहेको अवस्थामा फिल्मले २० सो प्राप्त गरेको हो।

बिहीबार पनि 'इन्ड गेम'ले क्यूएफएक्सका १८ सो पायो। शुक्रबार फिल्मलाई लबिम, छायाँ, सिभिल र कुमारीमा २५ सो दिएको छ। अब, गत शुक्रबारदेखि प्रदर्शनमा आएको 'इन्ड गेम'लेसँग 'दाल भात तरकारी'को भिडन्त पक्का छ।

 

विश्व बक्स अफिसमा रेकर्ड राख्न सफल फिल्मको दर्शकको क्रेज बढ्दो छ। प्रदर्शनको सातौं दिन पनि हलमा दर्शक अकुपेन्सी केही प्रतिशतले मात्र घटेको छ।

फिल्मले 'दाल भात तरकारी'को व्यापारलाई कत्तिको प्रभाव पार्ला?

यसअघि एउटै मितिमा प्रदर्शन जुध्ने भएपछि 'दाल भात तरकारी'को रिलिज डेट नै १ हप्ता पछाडि सारिएको थियो। 'दाल भात तरकारी'लाई 'मह संचार'को ब्यानारमा निर्माण गरिएको हो।

फिल्मका प्रस्तुतकर्ता किरण केसी 'रातामकै' हुन्। 'रातामकै'का छोरा सुदन केसीले फिल्मलाई निर्देशन गरेका हुन्। हलिउडका २ फिल्ममा सहायक निर्देशनको अनुभव बटुलेका सुदनको यो डेब्यू फिल्म हो।

फिल्ममा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, किरण केसी, विल्सन विक्रम राईलगायतको अभिनय छ। फिल्ममा शम्भुजित बास्कोटाको संगीत, दीर्घ गुरुङको सिनेम्याटोग्राफी, हरिवंश आचार्यको संवाद/पटकथा छ।

फिल्म वैशाख २० गतेदेखि प्रदर्शनमा आउँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell