PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

'दाल भात तकारी'ले गर्दा १ महिना पछि धकेलियो 'काउसो'को प्रदर्शन



पहिलोपोस्ट

'दाल भात तकारी'ले गर्दा १ महिना पछि धकेलियो 'काउसो'को प्रदर्शन

काठमाडौैं:  फिल्म 'काउसो'को प्रदर्शन मिति वैशाख २० बाट जेठ १७ लाई सरेको छ। 'मह संचार'को फिल्म 'दाल भात तरकारी' वैशाख २० मा प्रदर्शनमा आउने भएकाले फिल्म १ महिनापछि प्रदर्शन गर्ने निर्माण टिमले जनाएको छ। 

कमेडी विधामा बनेको फिल्ममा सविन श्रेष्ठ, अर्जुन गुरुङ, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र चापागाईं, नविन आचार्यलगायतको अभिनय छ।

मदन घिमिरेको निर्देशनमा बनेको फिल्ममा बिकास चौधरीको संगीत, शंकर महर्जनको द्वन्द्व, बिक्रम स्वाँरको कोरियग्राफी, रामेश्वर हुमागाईंको सम्पादन छ।

यसअघि 'एभेन्जर्स इन्ड गेम'का कारण 'दाल भात तरकारी'को प्रदर्शन मिति १ हप्ता पछि धकेलिएको थियो। 'दाल भात तरकारी'ले गर्दा 'काउसो'को  रिलिज डेटमा फेरबदल गर्नु परेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell