PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

भारतको 'ओसामा' खोज्न काठमाडौं आउँछन् बलिउड हिरो अर्जुन कपुर



पहिलोपोस्ट

भारतको 'ओसामा' खोज्न काठमाडौं आउँछन् बलिउड हिरो अर्जुन कपुर

नेपालको भन्सार कार्यलयमा बलिउड हिरो अर्जुन कपुरलाई सोधिन्छ, 'कहाँ जाना है'?

'काठमाडौं' कपुरले गाडीभित्रबाट जवाफ दिन्छ।

यो दृश्य प्रदर्शनको तयारीमा रहेको हिन्दी फिल्म 'इन्डियाज मोस्ट वान्टेड'को ट्रेलरमा समावेश छ।

ट्रेलरमा अर्जुन र उनका चार साथि काठमाडौं आएका झलकहरु समावेश छन्। उनी भारतको ओसामालाई खोज्न काठमाडौं आएको ट्रेलरमा देख्न सकिन्छ।

ट्रेलरमा पोखराका दृश्य पनि समावेश छन्। अर्जुनसँगै नेपाली कलाकारको अभिनय रहेको दृश्यलाई पनि ट्रेलरमा स्थान दिइएको छ। सत्य घट्नामा आधारित फिल्मलाई राजकुमार गुप्ताले निर्देशन गरेका हुन्। फिल्म आगामी मे २४ देखि प्रदर्शनमा आउनेछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell