
बैशाख : मनमोहन मेमोरियल अन्तर प्रदेश यू-१६ राष्टिय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर ३ ले लगातार दोस्रो जित हात पारेको छ।
प्रतियोगिताको दोस्रो दिन बिहीवार भएको पहिलो खेलमा प्रदेश ३ ले कर्णाली प्रदेशलाई ८ विकेटले पराजित गरेको हो।
खेलमा कर्णाली प्रदेशले दिएको ९७ रनको लक्ष्य प्रदेश ३ ले उ ११.१ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो।
टिमको स्कोर ८ रन हुँदा पहिलो विकेटका रुपमा बिपिन बिक्रम शाहीलाई ब्यक्तिगत २ रनमा गुमाएको अवस्थामा यसपछि टिमले दोस्रो विकेटका लागि ६१ रनको साझेदारी हुन पुगेको थियो। दिपक बोहरा र आईश भट्टराईले उक्त साझेदारी गरेका थिए।
दिपकले २४ बल खेल्दै ७ चौकाको मद्दतमा ३५ रन बनाए। यस्तै आईश भट्टराईले नटआउट ३१ रनको योगदान गरेका थिए । यस्तै अभिषेक उपाध्यायले नटआउट १५ रन बनाए।
बलिङ तर्फ कर्णाली प्रदेशका लागि सुमित माझी र रितिक जङ्ग शाहले समान १/१ विकेट लिए।
त्यस अघि त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले २३ ओभरमा सबै विकेट गुमाएर ९६ रन बनाएको थियो।
कर्णालीका लागि बिपिन खत्रीले सर्बाधिक २५ रनको योगदान गरे । यस्तै दिलिप सुनवारले २४ रन तथा युनिश बिक्रम सिँहले २२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उलेख्य योगदान दिन नसक्दा टिम कम स्कोरमा रोकिएको थियो ।
कर्णालीलाई कम स्कोरमा रोक्न प्रदेश ३ का दिपक बोहराले ५ ओभर बलिङ गर्दै मात्र १२ रन खर्चिएर ५ विकेट लिएका थिए। यस्तै सिमान्त घिमिरेले २ विकेट लिए।
खेलको प्लेयर अफ द म्याच अलराउन्डर प्रदशन गर्दै प्रदेश ३ लाई जित दिलाउन महत्वपूर्ण भुमिका निर्बाह गरेका दिपक बोहरा घोषित भए।
यस्तै दोस्रो खेलमा प्रदेश ७ ले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले २०.५ ओभरमा सबै विकेट गुमाएर ९० रन बनाएको थियो। गण्डकीका कप्तान अभिषेक थापाले नटआउट २९ रन बनाए।
प्रदेश ७ का सचिन बढायकले ३ ले र सुवास अयेरले २ विकेट लिए।
जवाफमा ९१ रनको लक्ष्य प्रदेश ७ ले २२.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। प्रदेश ७ का लागि सन्देश भट्टले द्दटआउट रहँदै सर्वाधिक ३८ रन बनाए। यस्तै अनिल थापाले २३ रन योगदान गरे भने आशिश भट्ट १७ रनमा नटआउट रहे।
गण्डकी प्रदेशका नितेश गिरीले ३ विकेट लिए।