
काठमाडौं : नेपाल विज्ञापन संघ (आन)को आयोजनामा सोमबारदेखि दोस्रो ‘नेपाल आईस आन फुटसल टुर्नामेन्ट’आयोजना हुने भएको छ।
प्रतियोगितामा नेपालका व्यवसायिक प्रतिष्ठान, संचारगृह र विज्ञापन एजेन्सीका गरि ३२ टिमले सहभागीता जनाउँदै छन्। सानेपाको फिल्ड फुटसलमा आयोजना हुन लागेको यस प्रतियोगिताको विहीबार ‘टाई सिट’पनि ‘ड्र’गरिएको छ । ३२ टिमलाई ८ समूहमा विभाजन गर्दा प्रत्येक समूहमा ४-४ टिम रहेका छन्।
समूह ए मा हिच हाइकर ट्राभल्स, सगरमाथा टिभी, सफ्ट नेट र सर्वोत्तम सिमेन्ट रहेका छन्। समूह बीमा भोग इभेन्ट, बराह ज्वेलर्स, आउटरिच र म्याक्स मिडिया रहेका छन्।
समूह सी मा जनता टिभी, गोरखापत्र दैनिक, एबीसी टिभी, र शिलापत्र डटकम रहेका छन्।
त्यसैगरी समूह डी मा मेडिसिटी अस्पताल,अभानि, मुक्तिनाथ विकास बैंक र वेलकम मिडिया रहेका छन्। समूह इ मा न्यूज–२४, विजनेस एडभान्टेज, नेपाल टेलिभिजन र माछापुच्छ्रे वैंक रहेका छन्।
समूह एफ मा मिडिया वास्केट, पिक्सन इन्जिनियरिङ, फ्यूचर हब र सुश्री मिडिया रहेका छन्। समूह जी मा कान्तिपुर मिडया ग्रुप, नयाँ पत्रिका, प्रिज्मार्क र क्यू एफ एक्स सिनेमा रहेका छन्।
समूह एचमा कि एडभरर्टाजिङ, मार्स प्रालि, एडी रिलिज र मिडिया हब रहेका छन्।
वैशाख २८ गतेसम्म हुने प्रतियोगिताको विजेताले १ लाख उप विजेताले ७५ हजार नगद पुरस्कार पाउँदा तेस्रो हुने टिमले ५० हजार प्राप्त गर्ने आनका अध्यक्ष रविन्द्रकुमार रिजाल ‘शशी’ले जानकारी दिए। १० लाख बजेटको यस प्रतियोगिताका लागि करिब ६ लाख खर्च हुने र बाँकी बचत आनको कोषमा जम्मा गर्ने पनि अध्यक्ष शशीको भनाई थियो।
प्रतियोगितालाई चौधरी ग्रुपले प्रायोजना गर्दा हस्पिटल पार्टनरको रुपमा मेडिसिटी अस्पताल रहेको छ । यसैगरी प्रतियोगिताको प्राविधिक पक्षको व्यवस्थापन आईडिया एडभरटाईजिङ एण्ड मार्र्केटिङले गरेको छ।
कार्यक्रममा प्रायोजक संस्था चौधरी ग्रुपका वरिष्ठ महाप्रवन्धक प्रदीप पुडासैनीले सामाजिक उत्तरदायित्व वहन गर्ने अभियान अन्तर्गत आनलाई सहयोग गरेको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रममा चौधरी ग्रुपको सधैं साथ रहने पनि प्रतिवद्धता जनाए।