PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

आइसीसी ओडिआई वरीयतामा नेपाल १४औँ स्थानमा यथावत



पहिलोपोस्ट

आइसीसी ओडिआई वरीयतामा नेपाल १४औँ स्थानमा यथावत

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को ओडिआई वरीयतामा नेपाल १४औँ स्थानमा यथावत रहेको छ। आइसीसीले आज सार्वजनिक गरेको वरीयता अनुसार नेपाल यथावत रहेको हो।

अघिल्लो महिना नेपालभन्दा अघि रहेको युएई जिम्बावेसँग हारेपछि नेपालले एक स्थान सुधार गरेको थियो।

गत माघमा नेपालले पहिलो एकदवसीय सिरिज जित्ने क्रममा युएईलाई २-१ ले पराजित गरेपछि नेपाल पहिलो पटक एकदिवसीय वरीयतामा समावेश भएको हो।

वरीयतामा समावेश १६ राष्ट्रमध्ये नेपालभन्दा पछाडि २ राष्ट्र छन्। युएई १५औँ र केही दिनअघि मात्र ओडिआई मान्यता पाएको पपुवा न्युगिनी १६औँ स्थानमा छ।

नेपालको  रेटिङ १९ छ। 

वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड छ भने भारत दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell