PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

चन्द्रागिरी गोल्डकप : जावलाखेललाई पराजित गदै सरस्वती फाइनलमा



पहिलोपोस्ट

चन्द्रागिरी गोल्डकप : जावलाखेललाई पराजित गदै सरस्वती फाइनलमा

काठमाडौं : ललितपुरको ‘ए’ डिभिजन क्लब सरस्वती युथ क्लब दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बिहीवार भएको पहिलो सेमिफाइनलमा जावलाखेललाई पराजित गर्दै सरस्वती युवा क्लब उपाधि नजिक पुगेको हो।

चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा बिहीबार भएको पहिलो सेमिफाइनलमा सरस्वतीले जावलाखेललाई १–० ले हरायो।

अब सरस्वतीले उपाधिका लागि शुक्रबार हुने एपीएफ र च्यासलबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ। फाइनल खेल आइतबार हुनेछ।

सरस्वतीलाई फाइनल पुर्‍याउन आत्मघाती गोल निर्णायक बन्यो। खेलको दोस्रो मिनेटमा नै जावलाखेलका डिफेन्डर गौतम श्रेष्ठले आफ्नै पोस्टमा गोल गर्दा सरस्वतीले अग्रता बनाएको थियो।

गौतम र गोलरक्षक अरुण तामाङबीच तालेमेल नमिल्दा गौतमको प्रहार जावलाखेलको पोष्टमा गोल भएको हो।

सुरुमै पछि परेको जावलाखेलले सरस्वतीलाई दवावमा गोल फर्काउन नसक्दा पराजित भयो।

प्रतियोगितामा शुक्रबार विभागीय टोली एपीएफ र च्यासल युथ क्लबबीच दोस्रो सेमिफाइनल खेल हुनेछ।

प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell