PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

राजपा, फोरम र नयाँ शक्तिसहित चार पार्टीको एकीकरण प्रक्रिया सुरु, एकता नभए गठबन्धन 



बीपी साह

राजपा, फोरम र नयाँ शक्तिसहित चार पार्टीको एकीकरण प्रक्रिया सुरु, एकता नभए गठबन्धन 

काठमाडौं : उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकीकरणको चर्चा चलिरहँदा थप दुई पार्टीसँग एकीकरणको छलफल अगाडि बढेको छ।

बिहीबार फोरम र नयाँ शक्तिसहित एकता प्रक्रियाका लागि राष्ट्रिय जनता पार्टी (राजपा) र जनमुक्ति पार्टीबीच पनि छलफल भएको छ।

नयाँ शक्ति पार्टीको कार्यालयमा चारवटै दलका नेताहरुले पार्टी एकता अथवा गठबन्धन गरी वैकल्पिक शक्ति निर्माण बारे छलफल गरेका हुन्।

राजपाको वार्ता टोली संयोजक एवं छलफलमा सहभागी नेता राजेन्द्र महतोका अनुसार चारवटै पार्टीबीच एकताका लागि छलफल सुरु भएको छ।

‘हामीले एकताकै विषयमा छलफल सुरु गरेका छौं,’ महतोले पहिलोपोस्टसँग भने,‘तर, गठबन्धन अथवा मोर्चाको बाटो पनि खुलेको छ। आजबाट संयुक्त रुपमा छलफल अगाडि बढेको छ।’

देशकै वैकल्पिक शक्ति निर्माणका लागि आफूहरु अगाडि सरेको बताउँदै महतोले भने,‘कांग्रेस– कम्युनिष्टलाई छोडेर जति पनि शक्ति छन्, तिनीहरुलाई मिलएर अगाडि बढ्ने छौं।’

अब बन्ने शक्तिले देशका सबै द्वन्द्वको समाधान दिने खालको हुने दाबी महतोले गरे।

आज पहिलो चरणको छलफल सुरु भएको बताउँदै महतोले अबको एक–दुई दिनमा पुनः थप छलफल हुने जानकारी दिए।

आजको छलफलमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, फोरम अध्यक्ष उपेन्द्र यादव, राजपा संसदीय दलका नेता महन्थ ठाकुर तथा जनमुक्ति पार्टीका नेताहरु सहभागी थिए। 

सम्बन्धित समाचार

डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादवको संघीय समाजवादी फोरम एकता : हलो कहाँ अड्कियो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell