
काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल र डिजेल र मट्टितेलको भाउ बढाएको छ। निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ।
निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा र डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य बढाएको हो।
नयाँ मूल्य अनुसार अब काठमाडौँमा पेट्रोल प्रतिलिटर १११ रुपैयाँ ५० पैसा कायम भएको छ। यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर ९८ रुपैयाँ पुगेको छ।
इण्डियन आयल कर्पोरेशनबाट १ मे २०१९ मा प्राप्त मूल्य बढेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको निगमले जनाएको छ।