PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

सुपर ओभरमा हैदराबादलाई पराजित गर्दै मुम्बई प्लेअफमा



पहिलोपोस्ट

सुपर ओभरमा हैदराबादलाई पराजित गर्दै मुम्बई प्लेअफमा

सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गर्दै मुम्बई इन्डियन्स आइपीएलको प्लेअफमा प्रवेश गरेको छ। मुम्बई प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ। यसअघि चेन्नाइ सुपर किंग्स र दिल्ली क्यापिटल्स प्लेअफमा पुगिसकेका छन्।

प्लेअफमा अब एक टोलीको स्थान बाँकी छ।

मुम्बईमा गएराति सम्पन्न खेलमा निर्धारित २० ओभरमा दुबै टोलीले समान १६२ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो। जसप्रित बुमराहको कसिलो बलिङको मद्दतले मुम्बईले सुपर ओभरमा खेल आफ्नो पक्षमा पार्‍यो।

सुपर ओभरमा मुम्बईले ९ रने लक्ष्य पाएको थियो। हैदराबादले २ विकेट गुमाएर ८ रन जोडेको थियो। मुम्बईले ३ बलमा नै लक्ष्य पूरा गर्‍यो। हैदराबादले सुपर ओभरमा बलिङको जिम्मेवारी रसिद खानलाई दिएको थियो।

त्यसअघि निर्धारित २० ओभरको खेलमा क्विन्टन डी ककको नटआउट ६९ रनको मद्दतले मुम्बईले हैदराबादलाई १६३ रनको लक्ष्य दिएको थियो। मनीष पाण्डेको नटआउट ७१ रनको सहयोगले हैदराबादले २० ओभरमा ६ विकेट गुमाउँदै १६२ रन जोडेको थियो। खेल बराबर भएपछि सुपर ओभर खेलाइएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell