PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

युरोपा लिग : एक गोलले पछि परेको आर्सनललाई लाकाजेटले दुई गोल गरेर जिताए, चेल्सी बराबरीमा रोकियो



पहिलोपोस्ट

युरोपा लिग : एक गोलले पछि परेको आर्सनललाई लाकाजेटले दुई गोल गरेर जिताए, चेल्सी बराबरीमा रोकियो

युरोपा लिगको सेमिफाइनल पहिलो लेगमा लण्डन क्लब आर्सनलले जित हात पार्दा अर्को लण्डन क्लब चेल्सी बराबरीमा रोकिएको छ।

आर्सनलले एक गोलले पछि परेपनि पुनरागमन गर्दै भ्यालेन्सियालाई पराजित गरेको हो। एलेक्जान्डर लाकाजेटले दुई गोल गरेपछि आर्सनलले स्पानिस क्लबलाई ३-१ ले पराजित गरेको हो।

आर्ननलको मैदानमा भएको खेलको ११औँ मिनेटमा माउटर डियाखबीले गोल गर्दै भ्यालेन्सियलाई पहिले अग्रता दिलाएका थिए। तर त्यो अग्रता लामो समय टिकेन। १८औँ मिनेटमा आर्सनलका  लाकाजेटले गोल गर्दै खेल बराबरी गरे। त्यसको ८ मिनेटपछि नै लाकाजेटले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्सनलले २-१ को अग्रता बनायो।

इन्जुरी टाइमको पहिलो मिनेटमा पिएरे एमरिक ओवामेयाङले गोल गरेपछि आर्सनलले ३-१ को जित हात पारेको हो।

उता अर्को इंग्लिस क्लब चेल्सीले जर्मन क्लब एनट्राट फ्राङफर्टसँग १-१ को बराबरी खेलेको छ।

एक गोलले पछि परेको चेल्सीको लागि पेड्रो रोड्रिगेजले बराबरी गोल फर्काएका हुन्। २३औँ मिनेटमा लुका जोभिचले गोल गर्दै फ्राङफर्टलाई अग्रता दिलाएका थिए।

जर्मन क्लबको मैदानमा भएको खेलमा ४५औँ मिनेटमा चेल्सीका लागि पेड्रोले बराबरी गोल फर्काए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell