PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

सरकारको नीति तथा कार्यक्रम आज संसदमा पेस हुँदै



पहिलोपोस्ट

सरकारको नीति तथा कार्यक्रम आज संसदमा पेस हुँदै

काठमाडौँः सरकारको वार्षिक नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा पेस हुँदैछ। सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेस गर्नेछिन्। नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को वैशाख १७ गतेको बैठकले अनुमोदन गरिसकेको छ।

संघीय संसद्को संयुक्त बैठकमा अपराह्न ४ बजे नीति कार्यक्रम पेस हुनेछ।

वर्तमान सरकार गठन भएपछि दोस्रो पटक नीति तथा कार्यक्रम पेस गर्न लागेको हो। अघिल्लो वर्ष सङ्घीय संरचना अनुसार पहिलो पटक नीति तथा कार्यक्रम पेस भएको थियो। 

सरकारले नीति तथा कार्यक्रमको सेरोफेरोमा रहेर आर्थिक वर्ष २०७६/०७७ को बजेट संसदमा पेस गर्नेछ। 

अघिल्ला वर्षहरूमा प्रिबजेट छलफलपछि नीति तथा कार्यक्रम ल्याइने अभ्यास थियो। यो वर्ष प्रिबजेट पहिले नै नीति तथा कार्यक्रम ल्याइन लागिएको हो। 

वैशाख २४ गते नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले जवाफ दिनेगरी सङ्घीय संसद् सचिवालयले कार्यतालिका बनाएको छ। सोही दिन नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ। नीति तथा कार्यक्रम पारित भएपछि मात्र प्रिबजेट पेस हुनेछ।

नीति तथा कार्यक्रममा जवाफ दिएर प्रधानमन्त्री केपी शर्मा ओली भने भियतनाम भ्रमणमा जाने कार्यसूची छ। वैशाख २६ गतेदेखि जेठ १ गतेसम्म प्रधानमन्त्री भ्रमणमा रहनेछन्। 

वैशाख ३१ सम्म प्रिबजेट छलफल समेत सक्ने सचिवालयको तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell