
इन्डियन प्रिमियर लिग आइपीएल २०१९ मा दोस्रो पटक सुपर ओभरबाट नतिजाको छिनोफानो हुँदा मुम्बई इन्डियन्स भाग्यमानी बन्यो।
यस सिजन दोस्रो पटक सुपरओभरबाट खेलको नतिजा निकालिएको हो।
मुम्बई र सनराइजर्स हैदरावादबीच बिहीवार राती भएको खेलमा दुवै टोलीले निर्धारित २० ओभरमा समान १६२ रन बनाएपछि वान ओभर एलिमिनेसनबाट खेलको नतिजा टुङ्गो लागेको हो।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको हैदरावादले ८ रन मात्र बनाउन सक्यो। मुम्बईको जसप्रित बुमराहले बलिङ गरेको ओभरमा हैदरावादले पूरै ५ ओभर पनि खेल्न सकेन। उसका दुवै खेलाडी आउट भए।
मुम्बईले ३ बल खेल्दै सुपर ओभरमा जित हात पार्यो। हैदरावादका रसिद खानले बलिङ गरेको ओभरको पहिलो बलमै हार्दिक पाण्ड्याले छक्का प्रहार गरे। दोस्रो बदलमा हार्दिकले १ रन बनाएपछि क्रिस पुगेका किरन पोलार्डले दुई रन लिँदै खेल जिताए।
मुम्बईले आइपीएल इतिहासमा सुपर ओभरमा खेल जितेको यो दोस्रो पटक हो।
यसअघि २०१७ मा मुम्बईले गुजरात लायन्सलाई सुपर ओभरमा पराजित गरेको थियो।
यस्तै यस सिजन सुपर ओभरबाट नतिजा निस्केको यो दोस्रो खेल हो।
मार्च ३० मा दिल्ली क्यापिटल्सले कोलकता नाइट राइडर्सलाई सुपर ओभरमा पराजित गरेको थियो।
सुपर ओभरमा धेरै खेल जित्नेमा मुम्बईसँग राजस्थान रोएल्स र किंग्स एलेभेन पञ्जाव छन्।
यस्तै सनराइजर्स हैदरावाद र रोएल च्यालेन्जर्स बैंगलोरले एक-एक पटक सुपर ओभरमा खेल जितेका छन्।
आइपीएलमा अहिलेसम्म भएको सुपर ओभर खेल र विजेता टिम
टिम ए |
टिम बी |
मैदान |
मिति |
विजयी टिम |
कोलकता |
राजस्थान |
केपटाउन |
२३ अप्रिल २००९ |
राजस्थान |
चेन्नाई |
पञ्जाव |
चेन्नाई |
२१ मार्च २०१० |
पञ्जाव |
हैदरावाद |
बैंगलोर |
हैदरावाद |
७ अप्रिल २०१३ |
हैदरावाद |
बैंगलोर |
दिल्ली |
बेंगलुरु |
१६ अप्रिल २०१३ |
बैंगलोर |
कोलकता |
राजस्थान |
अबुधाबी |
२९ अप्रिल २०१४ |
राजस्थान |
राजस्थान |
पञ्जाव |
अहमेदावाद |
२१ अप्रिल २०१५ |
पञ्जाव |
गुजरात |
मुम्बई |
राजकोट |
२९ अप्रिल २०१७ |
मुम्बई |
दिल्ली |
कोलका |
दिल्ली |
३० मार्च २०१९ |
दिल्ली |
मुम्बई |
हैदरावाद |
मुम्बई |
२ मे २०१९ |
मुम्बई |