PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

ओपनिङका दिन 'एभेन्जर्स इन्ड गेम'लाई पछि पार्‍यो 'दाल भात तरकारी'ले



पहिलोपोस्ट

ओपनिङका दिन 'एभेन्जर्स इन्ड गेम'लाई पछि पार्‍यो 'दाल भात तरकारी'ले

काठमाडौैं:  यो साता शुक्रवार प्रदर्शन अन्तर्गत नेपाली फिल्म 'दाल भात तरकारी' छ। बक्स अफिस कलेक्सनले विश्वलाई चकित बनाइरहेको हलिउड फिल्म 'एभेन्जर्स इन्ड गेम'सँग यो फिल्मले प्रतिस्पर्धा गर्नुपर्ने हो।

प्रदर्शनको दोस्रो सातामा रहेको 'एभेन्जर्स इन्ड गेम'लाई मल्टिप्लेक्समा अत्याधिक सो दिइएको छ। दर्शक अकुपेन्सीका हिसाबले 'दाल भात तरकारी'ले शुक्रवार हलिउड फिल्मलाई उछिनेको छ।

फिल्मको अधिकांश सोमा दर्शकको अकुन्पेन्सी बढ्दो छ। मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्स लबिम र कुमारीका २ सो हाउसफूल नै छन्। अधिकांश सो फिलिङ फास्ट अर्थात हाउसफूल हुने प्रकृयामा छ।

'मह संचार'ले बनाएको फिल्मलाई ओपनिङमा दर्शकको साथ देखिएको छ। कमेडी जनरामा बनेको यस फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन्। उनी फिल्मका प्रस्तुतकर्ता किरण केसी 'रातामकै'का छोरा हुन्। हलिउडका २ फिल्ममा सहायक निर्देशनको अनुभव बटुलेका सुदनको यो डेब्यू फिल्म हो।

फिल्ममा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, किरण केसी, विल्सन विक्रम राईलगायतको अभिनय छ। फिल्ममा शम्भुजित बास्कोटाको संगीत, दीर्घ गुरुङको सिनेम्याटोग्राफी, हरिवंश आचार्यको संवाद/पटकथा छ।

यसै फिल्मका कारण फिल्म 'काउसो'को प्रदर्शन १ हप्ता पछि सरेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell