PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

मोटरसाइकल चेक गर्दा १ किलो सुन भेटियो



पहिलोपोस्ट

मोटरसाइकल चेक गर्दा १ किलो सुन भेटियो

काठमाडौँ: प्रहरीले अवैध सुनसहित एक जना युवकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले गौर नगरपालिका ५ बस्ने २१ वर्षीय अनुकेशकुमार साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। साहको साथबाट प्रहरीले १ किलो २ सय ५० ग्राम सुन बरामद गरेको हो।

शुक्रवार बिहान प्रहरीले लु.४१ प ५८०३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक साहले लुकाएको अवस्था सुन फेला गरेको प्रहरीको दाबी छ। घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। बजारमा बरामद सुनको मूल्य  करिब ४५ लाख रुपैयाँभन्दा बढी हुन आउँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell